news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

नेपालगन्ज वैशाख २१— नेपालगन्ज उपमहानगरपालिकामा एकै दिन नौ जनामा कोरोनाको संक्रमण देखिएको छ । शनिबार ९० जनाको स्वाब संकलन गरिएकोमा ३० जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका सबै एउटै टोलका हुन् । 

अझै ६० जनाको परीक्षण् गर्न बाँकी छ । शुक्रबार एक ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । आइतबार पुष्टि भएकामा ७ वर्षीय बालकदेखि ५८ वर्षका छन् । शनिबार संक्रमण देखिएका पुरुष अजानका लागि जाने गरेको नेपालगञ्ज उपमहानगरपालिका ७ महेन्द्र पार्क टोलका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं कोरोना फोकसल पर्सन नरेश श्रेष्ठले ६० वर्षिय व्यक्तिबाटै अन्यमा संक्रमण सरेको बताए । शुक्रबार कोरोना पुष्टि भएका ती व्यक्ति नेपालगन्ज ५ डिएसपी रोड क्षेत्रका हुन । उनी त्यहाँबाट दैनिक तीन चारपल्ट नमाजको अजान गर्न महेन्द्र पार्कस्थित धार्मिक स्थलमा पुग्ने गर्थे । उनी भारतबाट नेपाल फर्किएको स्थानीयले बताएका छन् ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका ६ जना र कार्य क्षेत्रका ९० जनाको स्वाब संकलन गरेर जाँचका लागि भेरी अस्पतालमा पठाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले स्वाब संकलनका लागि संक्रमितलाई ट्रेसिड गरिएको बताए । स्थानीय प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी चोक र एकलैनी क्षेत्रलाई पूर्णरुपमा सिल गरिसकेको छ ।

कान्तिपुर

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1490868
Today
Yesterday
This Week
Last Week
This Month
All days
113
927
4803
1475058
4342
1490868

Your IP: 18.117.229.13
2025-04-05 09:18

Facebook Live Feed