news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

३ जेठ,। शनिबार सिराहामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

शनिबार सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका – १ का ३० वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को पर्सा जिल्लामा कोरोना संक्रमणको अत्यधिक बिरामी छन्, त्यसबाहेक बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, महोत्तरी र सर्लाहीमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

सिरहाका संक्रमित फागुन २८ गते मलेसियाबाट आएका थिए । उनको यसअघि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । मलेसियाबाट आएलगत्तै उनलाई रुघाखोकी र ज्वरो देखा परेपछि आइसोलेसनमा राखी पीसीआर परीक्षण समेत गरिएको प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाइँले बताए ।

‘त्यतिबेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो’ उनले भने, ‘त्यसपछि उनलाई छाडिएको थियो ।’

पछिल्लो पटक गत वैशाख २८ गते उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । ‘अहिलेसम्मको हाम्रो अनुमान त्यही व्यक्ति नै हो’ उनले भने, ‘थप कुरा हामी पत्ता लगाउँदैछौं ।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1490825
Today
Yesterday
This Week
Last Week
This Month
All days
70
927
4760
1475058
4299
1490825

Your IP: 3.146.65.73
2025-04-05 05:41

Facebook Live Feed