news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १३ वैशाख । कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकमा लकडाउन आव्हान गरिएको छ । लकडाउन भएपनि वीरगञ्जमा अत्यावश्यक खाद्यान्नका पसल बिहान ११ बजेदेखि ३ बजेसम्म र औषधी पसल २४ अ‍ैं घण्टा खोल्न दिइएको छ । लकडाउनको बेला वीरगञ्जमा बजार अनुगमन गरिएको छ ।

लकडाउनको मौकाछोपी उपभोक्तालाई ठगिएको गुनासो आएपछि बजार अनुमगन गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ । बाणिज्य तथा आपूर्ति कार्यालय पर्साका प्रमुख जीत बहादुर भण्डारीको नेतृत्वमा संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ५ वटा पसललाई जरीवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालय पर्साका प्रवक्ता दिलिप खंग खत्वेले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा अंकित मुल्य उल्लेख नगरी समान बिक्री गरेको पाइएपछि रानीघाट स्थित गोपाल ग्लोबल ट्रेडलाई १ लाख जरीवाना गरिएको छ ।

त्यसैगरी अनुगमनको क्रममा पानीट्याङकी स्थित सन्तोष जनरल स्टोर्स, प्रतिमा चोकको पुस्कर इन्टरप्राईजेज, बसपार्कको ब्याहुत किराना पसल र मुर्लीको पिन्टु किराना भण्डारलाई ५ – ५ हजार जरीवाना गरिएको छ । उनीहरुले खरिद बिल बिजक देखाउन नसकेकोले ५ – ५ हजार जरीवाना लिइएको प्रवक्ता खत्वेले जानकारी दिए । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत लगायत सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1436752
Today
Yesterday
This Week
Last Week
This Month
All days
171
1009
1595
1427434
1595
1436752

Your IP: 3.138.69.28
2024-12-05 02:33

Facebook Live Feed