जितपुर सिमरा बैशाख ९ -गए राती आएको हावाहुरी सगै असिना पानीका कारण बारा रमौली वडा न ८ र २० मा करोडौँको क्षति पुर्याएको छ ।
हावाहुरी र असिना पानीले अन्नबाली, फलफुल मकै,उखु खेती, नष्ट हुनुको साथै ग्रामिण क्षेत्रमा रहेका दर्जनौँ घरहरुको छानो उडाउनुको साथै भत्काएर ठूलो क्षति पुर्याएको छ ।
हावाहुरी, असिना पानीको कारण जितपुर सिमरा उप माहानगरपलिका रमौली वडा - ९ र २० मा २००० बिघा जति मकै, तरकारी उखु खेतीमा ठूलो क्षती पुरयाएको छ । स्थानीय बासिन्दा पिडितहरु रमौलीका रामेश्वर कुसवाहा आफनो दुखासो पोख्दै हामी खेति पति बैंक संग लाखौ लाख ऋण लिएर मकै रोप्यौ तर यो हावा र असिनाका कारण बलि नस्ट भयो हामी गरिब ब्याज कहाँ बाट तिर्ने एकदमै समस्यामा परेका छौ । हाम्रो नोकसनी प्रति सरकारले ध्यान दिएर बैंक को ब्याज माफ गराई पाउ हाम्रो माग रहेको छ बताउनु भएको छ । यसै गरि राजेश राम,राम दरस महतो कुसवाहाले पनि ऋण निकाली खेति पति गर्दा आज नोकसनिका कारण चिन्तित रहेका छन वहाहरुको पनि सरकार संग राहतको अपेकक्षा राखेका छन् ।