news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १९ भदौं । पर्सा र बारामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो भएको परिक्षणको नतिजा गएराति आउँदा पर्सामा २६ र बारामा १९ जनागरी थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालमा पर्सा र बाराका विभिन्न स्थानबात आएको ५ सय ८४ जना को थ्रोट स्वाबलाई परिक्षण गर्दा नेपाल प्रहरी, सशस्त्र रहरी र बैंकरसहित थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पर्सामा थपिएका सङ्क्रमितमध्ये पाँच जना नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत कर्मचारी हुन् । त्यसैगरी बाराको कामना विकास बैंकको एउटा शाखाका एक कर्मचारीपनि सङ्क्रमित भएका छन् ।

पर्साको वीरगञ्जमा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको वडा

त्यस्तै बाराको निजगढ नगरपालिकामा १४ जनामा सङ्क्रमण देखिएको छ । निजगढओक वडा नम्बर ८ मा दुई जना र वडा नम्बर ३,७ र ९ मा एक/ एक जना सङ्क्रमित थपिएका छन् । त्यस्तै निजगढ स्थित इलाका प्रहरी कार्यालयमा ५ प्रहरी र सशस्त्र प्रहरी बल पिलुवामा २ जना प्रहरीमा पनि सङ्क्रमण देखिएको छ ।

३५ महिलासहित थपिएका सङ्क्रमितहरुको उमेर समुह १८ वर्षदेखि ४५ वर्षसम्म रहेको छ । थपिएका सङ्क्रमित मध्ये २४ भन्दा तल सिटि भ्याल्यु भएका २९ जना सङ्क्रमित छन् भने २५ भन्दा माथि सिटि भ्यालु भएका १६ जना रहेका छन् ।

नम्बर ९,१०,१४ र २२ नम्बर वडामा दुई/दुई जना सङ्क्रमित थपिएका छन् भने वडा नम्बर ८ र १५ मा एक/एक जना र वडा नम्बर नखुलेका एक जनापनि थपिएका छन् ।त्यस्तै पर्साकै कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ मा दुई जना र वडा नम्बर ५ मा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा पनि एक सङ्क्रमित भेटिएका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499557
Today
Yesterday
This Week
Last Week
This Month
All days
597
2452
4841
1486006
13031
1499557

Your IP: 3.147.66.132
2025-04-18 21:13

Facebook Live Feed