news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२४ भदौ, काठमाडौं । मुलुकमा दैनिक शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी पाएको नेपाल प्रहरीका २ हजार ३१७ जना जवान र अधिकृतहरु कोभिड–१९ (कोरोना) भाइरसबाट संक्रमित भएका छन् ।

उपत्यकामा सुरक्षा इकाइको कमाण्ड गरिरहेका दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित करिब ८ सय प्रहरी संक्रमित छन् । यसले सुरक्षा व्यवस्थामै चुनौति पुर्‍याउन सक्ने आकलन गर्न थालिएको छ । हाल संक्रमित प्रहरी कमाण्डरले आइसोलेसनबाटै पनि काम गरिरहेका छन् ।

उपत्यकाका एक युनिटका कमाण्डरले आइसोलेसनबाटै मातहतका प्रहरीलाई निर्देशन दिने गरेको अनलाइनखबरलाई बताए । ब्यारेकमै आइसोलेसनमा बसेका उनले सेटबाटै शान्ति, सुरक्षाको मोनिटरिङ गर्छन् भने फोनबाट अपरेशनमा खटाउँछन् ।

कार्यालयका झण्डै आधा जनशक्ति संक्रमित भएपछि नजिकै रहेका प्रहरी कार्यालयले पनि उनलाई सहयोग गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका तत्कालीन प्रमुख एसपी विमलराज कँडेलले पनि संक्रमित हुँदा आइसोलेसनबाटै जिल्लाको कमाण्ड गरे । तर, संक्रमण दर बढ्दै जाँदा फिल्डमा खटिने प्रहरीकै अभाव हुनु चुनौतिपूर्ण रहेको अधिकृतहरु बताउँछन् ।

हालसम्म नेपाली सेनामा पनि ७ सय ४३ जना र सशस्त्र प्रहरी बलमा ८ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1436640
Today
Yesterday
This Week
Last Week
This Month
All days
59
1009
1483
1427434
1483
1436640

Your IP: 3.145.9.16
2024-12-05 02:08

Facebook Live Feed