दिपक चौरसिया
पर्सा ११ जेठ । नारायणी अस्पताल वीरगंजमा नयाँ मेसु आएपछि अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेपछि केही चिकित्सकहरुले गुटगत राजनिति गर्न थालेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. संजय ठाकुरको सरुवा भएपछि निमित मेडिकल सुपरिटेन्डेन्ट(मेसु) को जिम्मेवारी पाएका डा. बिरेन्द्र प्रधानले चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेपछि राजनिति हुन थालेको हो ।
दोस्रो चरणको कोरोना महामारीको समयमा अस्पतालको मेसु डा. ठाकुरले कोरोना नियन्त्रण र रोकथामको लागि प्रभावकारी काम गर्न नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उनको सरुवा गरि निमिति मेसुको जिम्मेवारी डा. प्रधानलाई दिएको थियो ।
नयाँ मेसुको जिम्मेवारी पाएका डा. प्रधानले अस्पतालको व्यवस्थापन सुधार गर्न र कोरोना संक्रमितको उपचारलाई व्यस्थित गर्न विभिन्न चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेको बताए । सोही क्रमममा मेसु डा. प्रधानले कोभिड संयोजक डा. सरोज रोशन दासको जिम्मेवारी डा. उदयनारायण सिंहलाई दिएका छन् । डा. दासलाई कोभिड फोकल फर्सनको जिम्मेवारी दिइएको छ ।
बिरामीहरुले उपचारमा लापरवाहि भएको भन्दै डा. दासलाई बारम्बार आग्रह गर्दा पनि कुनै वास्ता नगरेको आरोप समेत लाग्दै आएको छ । कुनै नयाँ संक्रमित अस्पालमा आए पछि बेडको लागि भन्दा “पख्नुस, कोही व्यक्तिको मृत्यु भएमा तपाईलाई बेड मिलाई दिन्छु” भन्दै गैर जिम्मेवारी जवाफ पनि दिदै आएको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् ।
मेसु डा. प्रधानले अस्पताललाई व्यवस्थित गर्न चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट केही अस्पतालका चिकित्सक र कर्मचारीहरुले गुटगत राजनिति गर्न थालेका छन् । अहिले महामारी र संकटको समयमा जुन सुकै जिम्मेवारीमा भएपनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नु पर्नेमा उनीहरुले सेनियर र जुनियर चिकित्सको बहाना बनाउँदै गुटगत राजनिति गर्न थालेका हुन् ।
हाल कोभिड संयोजकको जिम्मेवारी पाएका डा. सिंह संग ९ बर्षको अनुभव छ । उनी नारायणी अस्पतालका ८ औं तहका स्थायी चिकित्सक हुन् । उनी गत बर्षको कोरोना महामारीको समयमा नारायणी अस्पतालको कोभिड संयोजक भएर प्रभावकारी काम गरेका थिए । त्यहि भएर उनलाई पुनः जिम्मेवारी दिईएको छ । उनी कोरोना रोकथाम तथा नियन्त्रणमा राम्रो भुमिका निर्वाह गरे वापत प्रधान सेनापती र मुख्यमन्त्रीबाट पुरस्कृत भएको चितिक्सक हुन् । नयाँ मेसुको जिम्मेवारी डा. प्रधान पाएपछि बिस्तारै सुधार हुँदै गएको चर्चा पर्सा जिल्लामा बढदै गएको छ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले मेसुले आफ्नो अनुकुल जिम्मेवारी हेरफेर गर्नुलाई सकरात्मक रुपमा लिनु पर्ने वताउँछन् । जुन सुकै अस्पताल वा कार्यालय प्रमुखले राम्रो सेवा दिनका लागि आफु अनकुल जिम्मेवारी हेरफेर गर्न सक्ने उनले वताए ।
मेयर सरावगीले गत बर्षको कोरोना कालमा राम्रो र प्रभावकारी भुमिका निर्वाह गरेका डा. सिंहले फेरी कोभिड संयोजकको जिम्मेवारी पाउनुलाई सकरात्म रुपमा लिनु पर्ने प्रतिक्रिया दिए ।
यस्तै नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले चिकित्सको जिम्मेवारी हेरफेर समान्य बात भएको वताए । उनले जिम्मेवारी जो कोहीले पाए पनि अहिलेको समयमा काम महत्वपूर्ण भएको वताए । सचिव पटेलले कोभिड संयोजकको जिम्मेवारी पाएका डा. सिंहले गत बर्षको कोरोनाकालमा गरेको कामको प्रशंसा गर्दै अहिलेको भ्यावह अवस्थामा पुुनः जिम्मेवारी पाउन महत्वपूर्ण भएको प्रतिक्रिया दिए ।