news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज २४ जेठ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आइतबार साँझ आफ्नो मन्त्रीमण्डलबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसहित ४ मन्त्रीलाई पदमुक्त गरेका छन् ।

कार्यसम्पादन सन्तोषजनक नभएको र जनभावना अनुसार काम गर्न नसकेको भन्दै मुख्यमन्त्री राउतले १ मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई आफ्नो मन्त्रीमण्डलबाट विदा गरेका थिए ।

आइतबार मात्रै जनता समाजवादी पार्टी (जसपा) प्रदेश नम्बर २ संसदीय दलको नेता चयन भएका मुख्यमन्त्री राउतले आफ्नो शक्ती प्रयोग गर्दै महन्थ ठाकुर निकट चारैजनालाई विदा गरेका थिए । मुख्यमन्त्री राउतले गरेको सिफारिसलाई प्रदेश प्रमुख डा. राजेश झाले हिजोनै सदर गरेर नयाँ मन्त्रीमण्डलको सूची प्रकाशित गरेका थिए । 

राउतले पदमुक्त गरेपछि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मन्त्री निवास छाडेका छन् । सोनलले आइतबार बिहानै मन्त्री निवासी छाडेको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

सोनलले सामान्य तरिकाबाट एउटा सुटकेस मात्र लीइ मोटरसाइकलमा चढेर मन्त्री निवास छाडेका छन् । सामान्यता पदमुक्त भएको महिनौंसम्म मन्त्री निवास र सेवासविधासमेत नछाड्ने प्रवृति विपरित गएर मन्त्री सोनलले पदमुक्त भएको २४ घण्टा भित्रै मन्त्री निवासी छाडेका हुन् ।

मन्त्रलायका कर्मचारीसहित शुभेच्छुकहरुलाई बोलाएर निवासबाट सोनलले विदा लिएको स्वकीय सचिव सर्राफले बताए ।

निवासबाट बाहिरिँदै उनले पार्टीले आफ्नो साढे ३ वर्षको कार्यकालमा तत्कालीन राजपा संसदीय दलको नेता र मन्त्रीका रुपमा मधेसको भावना अनुरुप काम गर्ने प्रयास गरेको बताए । उनले यस कार्यको लागि आफूलाई जिम्मेवारी दिएका पार्टीका नेता प्रति आभार व्यक्त गरेका थिए ।

सोनलले आगामी दिनमा पनि मधेस र प्रदेशको जनताको हितमा निरन्तर काम गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

निवास छोडेपछि अहिले उनको जनकपुरधामकै सिटी स्टार होटलमा बसेर राजनीतिक कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको सर्राफले बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499614
Today
Yesterday
This Week
Last Week
This Month
All days
654
2452
4898
1486006
13088
1499614

Your IP: 18.191.235.214
2025-04-18 22:58

Facebook Live Feed