news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

३ असार, काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए ।

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेन ।

तर अरु कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ । एक मन्त्री भन्छन्, ‘सोमबार क्याबिनेटमा छलफल भएको थियो । आज कोभिड–१९ निर्देशक समितिमा पनि हामीले सोधेका थियौं । प्रधानमन्त्रीले ४० लाख खरिद गर्ने र पहिलो लट जुन महिनाभित्र आउने जानकारी दिनुभएको छ ।’

यद्यपि नेपालको विद्यामान कानूनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति दिँदैन । कसरी सम्बोधन गर्ने सरकारले केही बताएको छ । अर्का एक मन्त्रीले मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ताले औपचारिक जानकारी दिने बताए ।

बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण्नका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताए ।

अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको भन्दै उनले आगामी साउनबाट नागरिकहरुलाई लगाउन थालिने जानकारी दिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499618
Today
Yesterday
This Week
Last Week
This Month
All days
658
2452
4902
1486006
13092
1499618

Your IP: 3.137.148.226
2025-04-18 23:01

Facebook Live Feed