news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

६ असार, धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए ।

तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका-१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भउको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन् ।
०००
पहाडी जिल्लामा लगातार भइरहेको वर्षका कारण महाकाली नदीमा पानीको सहत बढ्ने, घट्ने क्रम जारी रहेको छ ।

शनिबार राति दुई बजेतिर दुई लाख ४७ हजार क्युसेक मापन गरिएको पानीको सतह बिहानैदेखि वर्ष रोकिएकाले घट्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

उनका अनुसार बिहान ८ बजेतिर घटेर दुई लाख २३ हजार क्युसेकमा झरेको पानीको सतह अहिले दुई लाख १३ हजार क्युसेक पुगेको छ ।

नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाले भने महाकाली र जोगबुढा नदीको पानीगाउँ पसेपछि दोधारा चाँदनी नगरपालिका-१० का करिब ७० घरमा क्षतिपुगेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाकी कार्य समिति सदस्य कोमल उपाध्यायले ८ परिवार पूर्णरुपमा विस्थापित भएको र कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ७० घर भित्र पानी पसेर आशिंक क्षति भएको बताइन् ।

आइतबार बिहान प्रभावित क्षेत्रमा स्थलगत अनुगमनमा पुगेकी उपाध्यायले पानी पसे पनि उनीहरु घरभित्रै बसिरहेको बताइन् ।

अहिले पानीको बहाव घट्दै गएका कारण ठूलो क्षति भने नभएको र नेपाल रेडक्रस सोसाइटी पनि उद्दारको काममा जुटेको उनले बताइन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499616
Today
Yesterday
This Week
Last Week
This Month
All days
656
2452
4900
1486006
13090
1499616

Your IP: 18.219.32.237
2025-04-18 22:59

Facebook Live Feed