चैत २३ , जनकपुरधाम । मधेश सरकारले २०७९ सालमा संघीय सरकारले दिएकोबाहेक थप ११ दिन सार्वजनिक विदा दिने भएको छ ।
प्रदेशमा मनाइने विभिन्न पर्व, दिवसमा दिइने विदाको सूची सरकारले बनाएको छ । अब माओवादी जनयुद्ध दिवसका दिन फागुन १ गते पनि मधेशमा सार्वजनिक विदा हुने भएको छ । आगामी वैशाख २ गते सिरुवा पर्व, वैशाख २७ गते जानकी नवमीको विदा दिइएको प्रदेश सरकारले जनाएको छ ।
यस्तै, छठ पर्वको भोलिपल्ट कात्तिक १४ गते सोमबार, विवाहपञ्चमीका दिन मंसिर १२ गते सोमबार, मधेश बलिदानी दिवस मनाउन माघ ५ गते बिहीबार, जनयुद्ध दिवस मनाउन फागुन १ गते, होली पर्वको भोलिपल्ट फागुन २४ गते बुधबार र चैत १६ गते बिहीबार रामनवमीको विदा दिइएको छ ।तीन दिन मुस्लिम धर्माबलम्बीका लागि विदा छुट्टयाइएको छ । इस्लाम धर्माबलम्बीहरुहरुको पर्व बकर इद (इद उल अजहा), इद (इद उल फित्र) र पैगम्बर महम्दको जन्म दिनमा विदा दिने प्रदेश सरकारले जनाएको छ । यद्यपि यो विदाको मिति तोकिएको छैन । पछि यकिन गरेर दिइने प्रदेश सरकारले आफ्नो राजपत्रमा उल्लेख गरेको छ ।