news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, २५ बैशाख । वीरगञ्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले जनतासँगको भेटघाटलाई निरन्तरता दिएकी छिन् । वीरगञ्ज महानगरपालिकाका र ग्रामिण वडाहरुका जनतासँग मिश्राले भेटघाट गरेर समस्याहरु बुझीरहेकी छिन् ।

सोही क्रममा शनिवार मिश्रा वीरगञ्जको लालपर्सा, परसोतीपुर, कोनिया, बेलवा, पर्सवा, चोरनी लगायतका वडाका मतदातासँग भेटघाट गरेकी हुन् । ग्रामिण क्षेत्रका बासिन्दाहरुले पनि मिश्रा जस्तो शिक्षित एवम् समाजमा घुलमिल भएकी महिला उपमेयरमा निर्वाचित हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

महिलाको समस्या बुझ्नका लागि भएपनि महिला निर्वाचित हुनुको विकल्प नभएकाले अरु दलहरुले महिलाको संवैधानिक अधिकार पनि कुण्ठित गरी पुरुषलाई उम्मेदवार बनाएकोमा आपत्ति जनाउँदै उनीहरुले मिश्राको समर्थन जनाएका छन् ।
मिश्राले पनि वडाका महिलादेखि वृद्धवृद्धा एवम् सबै बर्गका समस्याहरु बुझेको बताउँदै आफुलाई गुलाफ चिन्हमा मतदान गर्न आग्रह गरेकी छिन् । पार्टीले पनि घात गरेको हुँदा अब बिकासका लागि र महिला सशक्तीकरणका लागि एवम् संविधानमा महिलाको लागि उल्लेख गरिएका अधिकारको रक्षाका लागि पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको हुँदा सबैलाई सहयोग गर्न उनले आग्रह गरेकी हुन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1494079
Today
Yesterday
This Week
Last Week
This Month
All days
40
385
3073
1481065
7553
1494079

Your IP: 3.15.7.195
2025-04-12 01:27

Facebook Live Feed