वीरगञ्ज २६ वैशाख । जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ कमिटिले आयोजना गरेको घरदैलो कार्यक्रममा वडा ८ को पानीटंकीमा उत्साहजनक सहभागिता देखिएको छ ।
वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जसपा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार रितेश गुप्ताको नेतृत्वमा आज आयोजना गरिएको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको हो ।
कार्यक्रममा पाँच दलीय गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह लगायत जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका साझा उम्मेदवार राजेशमान सिंहले वडा नम्बर ८ र समग्रमा वीरगञ्जको विकासको एजेण्डा बोकेर अगाडि बढेको जसपाको जित निश्चित रहेको बताए ।
साढे ४ वर्षसम्म वीरगञ्जमा हुन नसकेको विकास र जनप्रतिनिधिहरुले देखाएको रवैयालाई मूल्यांकन गर्दै जनताले यस पटक साझा गठबन्धन र जसपाका उम्मेदवारलाई जिताउने सिंहले विश्वास व्यक्त गरे ।
जनताको सेवक बनेर निर्वाचित भएर गएका जनप्रतिनिधिहरुको कुर्सिमा पुगेर राजा बनेको आरोप लगाउँदै वडा अध्यक्ष उम्मेदवार रितेश गुप्ता ले गहवा,पानीटंकी र समृद्धि जसपाको नेतृत्वमा मात्र सम्भव भएको बताए ।