काठमाडौं, २८ चैत गते । चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको ‘टोर्नाडो’ले बारा–पर्सामा ठूलो धनजनको क्षति गराएको जल तथा मौसम विज्ञान विभागले पुष्टि गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गत चैत्र १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको विनाशकारी हावाहुरी ‘टोर्नाडो’ ले बारा–पर्सामा ठूलो धनजनको क्षति पुगेको पुष्टि भएको जानकारी गराएको हो ।