news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१ वैशाख-आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् ।

नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश-विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै देशबासीका नाममा सम्बोधनसमेत गर्दैछन् ।

आज पर्यटकीय क्षेत्रहरुमा विशेष चहल पहल छ । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।

नयाँ वर्षको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो छ । पशुपतिनाथमा दर्शन एवम् पूजा आजा गर्नेहरुका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ, वागमती नदीको उदगमस्थल वाग्द्वार, सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा मेला लागेको छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1421523
Today
Yesterday
This Week
Last Week
This Month
All days
22
164
760
1413837
22
1421523

Your IP: 18.222.161.187
2024-11-01 03:38

Facebook Live Feed