news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज,०२ वैशाख ।
संघिय समाजवादी फोरम नेपाल पर्साकोे अध्यक्षमा प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादव चौथो पटक अत्याधिक मतले निर्वाचित हुनु भएको छ ।
वीरगंजको मुर्र्लीमा रहेको वीरगंज पार्टी प्यालेसमा आयोजीत प्रथम जिल्ला समन्वय समिती गठन कार्यक्रममा सर्वसहमत रुपमा सहमती हुन नसकेपछि चुनावी प्रक्रियाबाट भएको मतदान बाट पुन पर्सा जिल्लाको अध्यक्षमा सांसद यादव अत्याधिक मतले निर्वाचीत भएका हुन ।


संघिय समाजवादी फोरम नेपालको पर्सा जिल्ला अध्यक्ष पदका लागी भएको निर्वाचनमा सांसद प्रदिप यादव र प्रदेश सांसद अब्दुल रहिम अंसारी वीच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष पदका लागी भएको मतदानमा सांसद प्रदिप यादवले अत्याधिक ४० मत ल्याएर बीजयी भएका छन भने उनका प्रतिद्धन्दी अंसारीले ४ मत ल्याएर चित्त बुझाएका थिए । जस्मा २ वटा मत बदर भएको थियो । १४ वटा स्थानीय तह मध्ये प्रत्येक गाउपालीकाबाट ३ ( ३ मत, नगरपालीकाहरुबाट ३ ( ३ मत र महानगरपालीकाबाट ७ मत गरी ४६ वटा मत खसेको थियो ।
अध्यक्षमा निर्वाचीत भइसकेपछि सम्बोधन गर्दै सांसद यादवले पार्टी भित्र कुनै प्रकारको मनमुटाव नरहेको प्रस्ट पार्नु भयो । पार्टीलाई एकढिक्का बनाएर लैजान सबैसंग सहकार्य एवम सहमतीको आधारमा अगाडी बढने विश्वास व्यक्त गर्नु भयो । संगठन निर्माणका क्रममा अहिले देशै भरी संघिय समाजवादी फोरम नेपाल प्रति जनताको विश्वास बढदै गएकोले पार्टी भित्र कुनै गुटउपगुटमा नलाग्न नेता तथा कार्यकर्तामा आग्रह गर्नु भयो । विभिन्न राजनितीकदलहरु संग एकता प्रक्रियाका लागी सहमती भइरहेको बताउदै सांसद यादवले संघिय समाजवादी फोरम नेपाल छिटै देशकै तेस्रो पार्टी हुने दावी गर्नु भयो ।
कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी,सिंहासन कलवार,जन्नत अंसारी,करिमा बेगम,भिमा यादव,वीरगंज महानगरपालीकाका मेयर विजय कुमार सरावगी,जिल्ला समन्वय समितीका सभापति नेकमहमद अंसारी,केन्द्रिय सदस्य शशिकपुर मिया,सिपु तिवारी,लक्ष्मीकान्त तिवारी,विरेन्द्र यादव,जनार्दन यादव,फिरोज मंसुर,मिनी सिंह,शिवजी सोनी,नवल किशोर यादव,विजय यादव,विन्दवासीनी गाउपालीका अध्यक्ष श्रीलालसाह मोदी,पकाहामैनपुर गाउपालीका अध्यक्ष विजय चौरसीया,सखुवाप्रसौनी गाउपालीका अध्यक्ष प्रदिप जैशवाल,पोखरीया नगरपालीकाकी उप मेयर सलमा खातुन,पकाहामैनपुर गाउपालीकाकी उपमेयर कुसुमी देवी लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका जिल्ला,महानगर,नगर,गाउपालीका,वडा ,युवा,विधार्थी लगाएत १४ वटै स्थानीय तहबाट पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय उपस्थीती रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1491615
Today
Yesterday
This Week
Last Week
This Month
All days
192
417
609
1481065
5089
1491615

Your IP: 18.119.141.76
2025-04-07 18:24

Facebook Live Feed