काठमाडौँ वैशाख ६, २०७६— धर्मनिरपेक्षताको विरोधमा उत्रिएका राप्रपा नेपालका डेढ दर्जन कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार अपराह्न रत्नपार्कमा भेला भएका अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहरासहितका राप्रपा कार्यकर्ताहरुले धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो।पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपालपुलिस क्लबमा लगिएको छ। प्रदर्शनकारीहरु पुलिस क्लब अघि पुगेर उनीहरुलाई रिहाइको माग गर्दै नाराबाजी गरेका थिए ।