बीरगंज, बैशाख ८।
हिजो मुख्यमन्त्रि स्वच्छता अभियान अन्र्तगत बिरगंज महानगरपालिका वडा न १६ नगवा मा रहेको नगवा पोखरी तथा वडा न. १२ मुर्लिमा रहेको मुर्लि पोखरी सौन्दर्यकरणको शिलान्यास गरिएको छ । प्रदेश न. २ का मुख्यमन्त्रि लालबाबु राउतले हिजो छ्ट्टा छ्ट्टै कार्यक्रमका बिच नगवा तथा मुर्लि पोखरीको सौन्दर्यकरण कार्यक्रमको शिलान्यास गर्नुभएको थियो ।
पोखरि सौन्दर्यकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि राउतले राजनिति भन्दा माथि उठेर बिकास निर्माणमा एकजुट हुन सम्पुर्ण नगरवासिलाई आग्रह गर्नुभयो । सो अवसरमा उहाँले मुलुकको प्रमुख आर्थिक तथा ब्यापारीक केन्द्र बीरगंजको बिकास सँगै सौन्दर्यकरणमा समेत सबै जुट्न सके बीरगंजलाई आन्तरीक तथा बाह्य पर्यटनको समेत केन्द्र बनाउन सकिने कुरामा जोड दिनुभयो ।
प्रदेश सरकारद्वारा मुख्यमन्त्रि स्वच्छता अभियान अन्र्तगत नगवा पोखरीको सौन्दर्यकरणका लागि ८ करोड १२ लाख ५७ हजार २ सय ६२ रुपैया छुट्टयाइएको छ भने मुर्लि पोखरीका लागि ७ करोड ९८ लाख ७० हजार २ सय २९ रुपैया बिनियोजन गरिएको छ । दुबै पोखरीको सौन्दर्यकरण आगामी २०७७ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी प्रेरा, रन्जन जेभि ललितपुरलाइ ठेक्का दिइएको मुख्यमन्त्रि स्वच्छता अभियानका संयोजक सलाउद्धिन अहम्मदले जानकारी दिनुभयो ।