news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज ८ बैशाख । नारायणी अस्पतालले १३ गुणा बढी मूल्यमा औषधि खरिद गरेको अनियमितता ढाकछोप गर्न प्रशासनले पुरानो मितिमा कागजात मिलान गरेको पाइएको छ । चार दिनअघि ६ महिना पहिलेको मिति राखेर खरिद र टिप्पणी आदेश तयार पारिएको हो ।

‍अस्पताल फार्मेसी स्रोतका अनुसार गत असोज ४ मा महेश मेडिसिन डिस्ट्रीव्युटर्सलाई ६० बोतल हाइड्रोजन पर अक्साइड सप्लाईका लागि खरिद आदेश पत्र चार दिन अगाडि दिइएको हो । त्यही दिन तयार पारिएको पत्रमा असोज १९ को मिति राखि अस्पतालको फार्मेसी प्रमुख विजय यादवले सप्लायर्सले हाइड्रोजन पर अक्साइड उपलब्ध नगराएकाले खरिद सम्झौतामा व्यवस्था भए अनुसार बजारबाट सोझै खरिद गर्न मेडिकल सुपरिटेन्डेन्ट डा.एनामुल हकलाई सूचित गरेका छन् । ‘सोही दिन स्टोर शाखाले असोज २१ को मिति राखेर टिप्पणी आदेश पेश गरेको पत्र तयार पारिएको हो, प्रशासनका एक कर्मचारीले भने, ‘टिप्पणी आदेशको पत्रमा दर्ता चलानी छैन् ।’ फार्मेसी प्रमुखको पत्रमा समेत दर्ता चलानी छैन् ।

फार्मेसी प्रमुखले असोज १९ को मितिमा मेसुलाई सूचित गरेको पत्रमा नारायणी अस्पताल उल्लेख गरेका छन् । फागुन ७ गते पछि मात्र नारायणी उपक्षेत्रीय अस्पतालको नाम नारायणी अस्पताल भएको हो । मन्त्रिपरिषदो गत फागुन ३ को निर्णयले नारायणी उपक्षेत्रीय अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नति गरि संघीय सरकार अन्तरगत राखिएकोले सोही निर्णय अनुसार काम कारवाही गर्नुका साथै अब उप्रान्त परिवर्तित नामबाटै अस्पताल सञ्चालन तथा पत्राचार गर्नु हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले फागुन ७ मा अस्पताललाई पत्राचार गरेका छन् ।

‘सप्लायर्सले हाइड्रोजन पर अक्साइड उपलब्ध नगराएपछि सोझै बजारबाट खरिद गर्न फार्मेसी प्रमुखले असोज १९ मा मेसुलाई गरेको पत्रचारमा नारायणी अस्पताल लेखिएको छ, प्रशासनका ती कर्मचारी भने, ‘फागुन ७ सम्म नारायणी उपक्षेत्रीय अस्पतालनै लेख्ने गरिएको थियो, झन्डै ६ महिना अगाडिनै फार्मेसी प्रमुखलाई अस्पतालको नाम परिवर्तन भएको कसरी जानकारी भयो ।’ फार्मेसी प्रमुख विजय यादवले आफूलाई दबाबमा पारेर ६ महिना अगाडिको मितिमा हस्ताक्षर गराएको स्वीकारेका छन् ।

‘अनियमितता ढाकछोप गर्न दबाब दिए,’ उनले भने, ‘अस्पतालकै कर्मचारी भएको नाताले दबाबमा हस्ताक्षर गरे । खरिद आदेश, टिप्पणी आदेश पत्रको फोरन्सीक परिक्षण गरे सत्य तथ्य बाहिर आउँछ ।’ हाइड्रोजन पर अक्साइड केमिलक्स ६५ रुपैयाँमा सकार गरेका सप्लायर्सले अस्पताललाई उपलब्ध नगराएपछि ९ सय ४ रुपैयाँमा खरिद गरिएको थियो । अस्पतालभन्दा करिब सय मिटर दूरिमा रहेका पसलमा हाइड्रोजन पर अक्साइड ५ सय २८ रुपैयाँमा बिक्री हुने गरेको छ ।

मेसु डा.एनामुल हकले आफूलाई ९ सय ४ रुपैयाँमै हाइड्रोजन पर अक्साइड पाएको प्रस्टीकरण दिएका छन् । बुधबार साँझ अस्पतालमा मेसुले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले खरिद ऐन अनुसार हाइड्रोजन पर अक्साइड खरिद गरेको दाबी गरे । मेसुले ६० बोतल हाइड्रोजन पर अक्साइड मात्र खरिद गरिएको बताएपनि अस्पताल स्रोतका अनुसार असोज महिनामै थप १०० बोतल हाइड्रोजन पर अक्साइड खरिद गरिएको छ । बजारमा ५ सय ६० रुपैयाँमा पाइने सोडियम हाइपोक्लोराइड अस्पतालले १५ सय रुपैयाँमा खरिद गरेको छ । मेसुले सोडियम हाइपोक्लोराइड पनि १५ सय रुपैयाँमा पाएको बताउँछन् ।

यसैगरि अस्पतालको प्रयोगशालामा रहेको मेगुल्मी ८०० किलिया मेसिन बिग्रिएकाले मर्मतका लागि सप्लायर्सकोमा पठाएर नयाँ मेसिन ल्याएको मेसु डा.हकले खुलाए । यसअघि उनले पुरानै किलिया मेसिन सञ्चालनमा रहेको दाबी गरेका थिए । ‘पहिला मलाई अप्डेट थिएन्,’ पत्रकार सम्मेलनमा मेसुले भने, ‘मेसिन मर्मतका लागि पठाइएको छ, साटिएको हैन् ।’

मेगुल्मी ८०० किलिया मेसिनका नेपालका लागि एकमात्र सुपर डिलर सुदीप इन्टरनेशनलका सञ्चालक भक्त हमालले नारायणी अस्पतालको मेसिन बिग्रिएको बारे आफूलाई कुनै जानकारी नआएको बताएका छन् । ‘सप्लायर्सले हामीबाटै मेसिन लाने हो,’ कान्तिपुरसँग फोनमा उनले भने, ‘बिग्रिएको खण्डमा हाम्रै प्राविधिकले मर्मत गर्छन्, नारायणी अस्पतालको किलिया मेसिन मर्मतका लागि हामी कहाँ आएको छैन् ।’ अनुज सप्लायर्स हेटौंडाको फर्ममा वीरगन्जको सिटी सर्जिकलका सञ्चालक दिपक अग्रवालले किलिया मेसिन नारायणी अस्पताललाई सप्लाई गरेका थिए ।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष विनोद गुप्ताले सरोकारवाला निकायले ध्यान नदिँदा सरकारी अस्पतालमा अनियमितता चुलिएको बताए । ‘म अध्यक्ष हुँदा पनि अनियमितता बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालयमा पटक पटक प्रमाण सहित निवेदन दिएको छुँ,’ उनले भने, ‘तर, कारबाही छ टाढाको कुरा, छानबिन समेत गरिएको छैन् । १३ गुणा महँगो मूल्यमा औषधि खरिद भएको सार्वजनिक हुँदा पनि कुनैपनि निकायबाट छानबिन नहुनु विडम्बना हो ।’

यसैवीच राष्ट्रिय विद्यार्थी संघले नारायणी अस्पतालमा भइरहेको अनियमितता बारे जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नारायणी अस्पतालको अनियमितताबारे छानबिनका लागि औषधि व्यवस्था विभागलाई निर्देशन दिएको बताए । आजको www.kantipurdaily.com

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1494050
Today
Yesterday
This Week
Last Week
This Month
All days
11
385
3044
1481065
7524
1494050

Your IP: 3.15.239.31
2025-04-12 01:00

Facebook Live Feed