news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

९ वैशाख, काठमाडौं । आफ्नो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित ‘प्रेस मिट’ कार्यक्रममा प्रहरी महारिनीक्षक सर्वेन्द्र खनाल पत्रकारविरुद्ध खनिएका छन् ।

कार्यक्रमको सुरुवाती चरणमा आफ्नो छोटो मन्तव्य राख्दै प्रश्नोत्तरका लागि समय दिएका खनालले सञ्चारकर्मीहरुले गुनासोयुक्त प्रश्न सोध्न थालेलगत्तै आक्रमण रुपमा प्रस्तुत भएका थिए ।सहभागी एक पत्रकारले सर्वसाधारणको अपेक्षा अनुरुप आईजीपी खनालले काम गर्न नसकेको बताएपछि उनले जवाफमा भने, ‘मप्रति अपेक्षा राख्नु राम्रो हो । मेरो समय सकिएको छैन । बाँकी छ ।’

उनले आफू पहिले आन्तरिक शुद्धीकरणमा जुटेको बताए । त्यसपछि पत्रकारसँग उनको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले ‘केही पत्रकारले यो चाहियो, ऊ चाहियो’ भनेर भनेको दाबी गरे ।

आफूलाई त्यसरी माग गर्दै एसएमएस आएको उनको दाबी थियो । तर, उनले को पत्रकार थिए भन्ने बताउन चाहेनन् ।

कार्यक्रमको अन्तिममा एक पत्रकारले त्यसरी ‘ब्ल्याकमेलिङ’ गर्न खोज्ने पत्रकारको नाम सार्वजनिक गर्न पनि आग्रह गरे । तर, खनालले भने त्यो व्यक्ति सभाहलमा उपस्थित नभएको बताए ।

onlinekhabar

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1494050
Today
Yesterday
This Week
Last Week
This Month
All days
11
385
3044
1481065
7524
1494050

Your IP: 3.15.239.31
2025-04-12 01:00

Facebook Live Feed