२२ वैशाख, विराटनगर । प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।
धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै धरानवासीले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सिट्ठी फुकेर प्रदर्शन गरिरहेका छन् ।
प्रदेशकाे राजधानीकाे सहमति खाेज्न संसद भवनस्थित संसदीय दलकाे नेताकाे कार्यकक्षमा सर्बदलीय बैठक बसिरहेकाे छ । राजधानी बृहत् विराट क्षेत्र विकास भित्र राख्ने या विराटनगर अगाडिपछाडि राख्ने भन्ने विवाद कायम छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकमा कांग्रेसका संसदीय दलका नेता राजीव काेइराल, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवलगायतको उपस्थित रहेको छ । स्थायी राजधानी तोक्ने तयारी गरेको प्रदेश १ सरकारले केही दिनअघि मात्रै साविकको पूर्वाञ्चलको राजधानी धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको थियो ।