news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

जनकपुर २०७६ बैशाख २० : प्रदेश २ को नाम मधेस र राजधानी जनकपुर राख्न जनस्तरबाट सर्वाधिक सुझाव आएको छ । सरकारद्वारा गठित संवाद तथा सुझाव आयोगको प्रतिवेदनमा प्रदेशको नाम मधेस प्रदेश राख्न ७० प्रतिशत जनताले सुझाव दिएको उल्लेख छ । यस्तै स्थायी राजधानी जनकपुर कायम गर्न ८० प्रतिशत जनताले सुझाव दिएका छन् ।

प्रतिवेदन बिहीबार मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको छ । नाम र राजधानीका विषयमा जनभावना बुझ्न डा. हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय आयोगले ६ महिना लगाएर प्रतिवेदन तयार पारेको हो ।

२०७५ कात्तिक ११ गते गठित आयोगले प्रदेशका आठै जिल्लामा छलफल गरी सुझाव संकलन गरेको थियो । अधिकांश जनताले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुर कायम गर्न सुझाव दिएको आयोगका एक सदस्यले बताए ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव केही दिनभित्रै प्रदेशसभामा लैजाने बताए । राउतले भने, ‘प्रतिवेदनमाथि मन्त्रिपरिषद्मा छलफल गरी सदनमा प्रस्ताव लग्नेछौं ।’ आयोगको प्रतिवेदन संसदीय समितिबाट पास भएपछि सदनमा दुई तिहाइले पारित गर्नुपर्छ ।

प्रतिवेदन औचित्यहीन : प्रतिपक्ष

विपक्षी दल नेकपा र दल नेपाली कांग्रेसले आयोगको प्रतिवेदन औचित्यहीन रहेको टिप्पणी गरेका छन् । प्रतिवेदन वस्तुनिष्ठ नरहेको नेकपाका सांसद रामचन्द्र मण्डलले बताए । उनले भने, ‘प्रतिवेदनले सरकारको मधेस प्रदेशको एजेन्डा केही हदसम्म बल पुर्‍याउनुबाहेक अरू केही गर्न सकेको छैन ।’

आयोगले अपनाएको प्रक्रिया गलत रहेकाले तत्काल नामकरण र राजधानीसम्बन्धी किचलो अन्त्य हुने सम्भावना नरहेको उनले बताए ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले आयोगको प्रतिवेदन औचित्यहीन रहेको बताए । उनले भने, ‘सदन सार्वभौम छ र संविधानअनुसार जनताका प्रतिनिधिले दुई तिहाईबाट प्रदेशको नाम र राजधानीको टुंगो लगाउनेछन् ।’

उनले प्रदेश २ मा २२ जिल्ला समाहित भएमा नाम मधेस प्रदेश राख्दा पार्टीलाई आपत्ति नहुने स्पष्ट पारे । उनले भने, ‘प्रदेश २ मा ८ जिल्ला मात्र छ । जसको पहिचान मिथिला र भोजपुरा छ । त्यसैले मधेस प्रदेश हामीलाई मान्य छैन ।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1424132
Today
Yesterday
This Week
Last Week
This Month
All days
22
419
1367
1415763
2631
1424132

Your IP: 18.191.208.91
2024-11-06 04:45

Facebook Live Feed