news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज ३१ जेठ । वीरगन्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ ।

नगरपालिकाको २१ कित्ता जग्गा जनप्रतिनिधी र कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो ।

उक्त जग्गाको लगत आर्थिक वर्ष २०६७ र ६८ सम्म तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा थियो । त्यसपछि जग्गा व्यक्तिको नाममा पुगेको छ तर सोसम्बन्धी लगत वीरगन्ज महानगरपालिका कार्यालयको रेकर्डमा छैन ।

अहिले महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा खोज्न सुरु गरेको छ । खोजीकै क्रममा २१ कित्ता जग्गा व्यक्तिका नाममा खुलेको पुगेको हो ।

यता महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले लगत नभेटिएको बताए । ‘यो धेरै गम्भीर प्रकृतिको मुद्दा रहेको छ, लगतै गायब छ,’ उनले भने, ‘हामीले हेर्ने भनेको कार्यालयको अभिलेखबाट नै हो, त्यही नभेटिएपछि समस्या भएको छ ।’

साबिक वीरगन्ज नगर पञ्चायतअन्तर्गत व्यवस्थित बस्ती विकासका लागि पशुपति आदर्शनगर निर्माण समितिले तत्कालीन श्री ५ को सरकारले अधिग्रहण गरेको जग्गा ‘प्लटिङ’ गरेको थियो । तीमध्येका धेरैजसो प्लट समितिले विभिन्न व्यक्तिलाइ बिक्री ग¥यो । केही प्लट बिक्री हुन बाँकी थिए । समितिले बिक्री हुन बाँकी रहेका प्लटसमेतको लगतसहित सम्पूर्ण स्वामित्व तत्कालीन समयमा नै वीरगन्ज नगर पञ्चायतलाई हस्तान्तरण गरेको थियो ।

त्यसमध्येका २१ कित्ता जग्गा महानगरपालिका कार्यालयको लगतबाट गायब पारी व्यक्तिलाई नक्कली कागजात बनाएर बेचिएको सूचना पाएपछि यसको खोजी सुरु भएको हो ।

कार्यालय स्रोतका अनुसार जग्गा हिनामिनामा केही महानगरपालिका जनप्रतिनिधी, कर्मचारी र वीरगन्जका भूमाफियाको संलग्नता छ ।

वीरगन्जको मुटु मानिने यहाँको मुख्य बजार आदर्शनगर क्षेत्रमा रहेका ती प्लटको हालको मूल्य प्रतिधुर ४० देखि ५० लाख रुपैयाँ छ । सबै जग्गाको मूल्य एक अर्ब १३ करोडदेखि एक अर्ब ४४ करोडको बीचमा पर्ने अनुमान गरिएको छ ।

जग्गा प्राप्ति ऐन २०१८ को दफा ७ को उपदफा १ अनुसार तत्कालीन श्री ५ को सरकारले २०२९ असोज २ गते राजपत्रमा सूचना प्रकाशन गरी वीरगन्जमा आदर्शनगर निर्माणका लागि जग्गा अधिग्रहण गरेको थियो । सोही ठाउँमा आजको आधुनिक वीरगन्जको मुख्य बजार क्षेत्र पर्छ ।

 
 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1424408
Today
Yesterday
This Week
Last Week
This Month
All days
12
146
1643
1415763
2907
1424408

Your IP: 3.145.84.183
2024-11-08 01:07

Facebook Live Feed