news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज असार २ : वीरगञ्ज महानगरपालिका–६ निवासी डाक्टर निलम साहले आफूलाई पति र सासु–ससुराले दाईजोको विषयमा शारीरिक तथा मानसिक यातना दिँदै बारम्बार घर निकाला गरेका भन्दै पत्रकार सम्मेलन गरेकी छन्।

घरमा आफूलाई माइतीबाट २५ लाख रुपैयाँ दाइजो माग गरेको उनले बताइन्। सासु–ससुराले दाईजो नल्याए छोराको अर्को विहे गराइदिने धम्की दिने गरेको उनको भनाई छ।

आफूमाथि यातना बढ्दै गएपछि उनले गतवर्ष माघ २० गते प्रहरी र अदालतमा उजुरी दिएको बताइन्। उजुरी पश्चात घरमा केहि दिन राम्रो व्यवहार भएपनि फेरी यातना दिन थालेको उनको भनाई छ। ‘उजुरीका कारण मेरा पति र सासु–ससुराले केही दिन मसँग राम्रो व्यवहार गरे’ ,उनले भनिन्,‘तर गत चैत ३० गते फेरि यातना दिएर कुटपिट गरेर घरबाट निकालिदिए।’

उनले पत्रकार सम्मेलनमा आफ्नो जिवन रक्षाको लागि पत्रकार, बुद्धिजीवी र प्रहरी प्रशासनसँग माग गरिन्।

बाराको कलैया उप महानगरपालिका वडा नम्बर १० मटिअर्वा टोल माईत भएकी डा निलम साहको बिहे २०६९ सालमा गम्भिरा साहका छोरा डाक्टर राजेश साहसित भएको थियो।

३२ वर्षीया डा. निलम प्रसूति रोग विशेषज्ञ हुन्। जानकी मेडिकल कलेज जनकपुरबाट एमबीबीएसको पढाइ गरेकी उनले चीनबाट एम डी गरेकी हुन्।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499546
Today
Yesterday
This Week
Last Week
This Month
All days
586
2452
4830
1486006
13020
1499546

Your IP: 18.118.126.159
2025-04-18 20:48

Facebook Live Feed