news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २८ गते : लगातारको अविरल वर्षाका कारण वीरगन्ज तथा ग्रामीण भेगका दर्जन बढी गाउँ डुबानमा परेका छन्। पानीले निकास नपाउँदा वीरगन्ज महानगरको रानीघाट, आशोकवाटिका श्रीपुर, राधेमाई, रामगढवा, आर्दशनगर, चिनिमिल, नगवा, छपकैया, प्रिपा, लक्ष्मणवा, लालपर्सा लगायतका क्षेत्र डुबानमा परेका छन्।

वीरगन्ज बजारको पश्चिमतर्फ रहेको श्रीसिया नदी तथा पूर्वपट्टी रहेको सिंहाई नदीमा आएको बाढीले वीरगन्ज महानगरपालिकाका नै डुबानमा परेको छ। पूर्व र पश्चिमका नदीमा आएको बाढीले महानगरका अधिकांश वडा डुबानमा परेका छन्।

सिर्सिया र सिंहाई नदीको बाढी पसेर डुबानमा परेका रानीघाट, श्रीपुर, राधेमाई, लालपर्सा, श्रीसिया, नगवाको भुटनदेवी क्षेत्रका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। श्रीसिया नदीमा आएको बाढीले आर्दशनगर क्षेत्र बढी प्रभावित भएको छ।एसियाली विकास बैंकको सहयोगमा महानगरपालिकाले निर्माण गरेको नालाको समयमै सफाई नभएका कारण पानीको निकास नभएर बजार नै डुबानमा परेको स्थानीय दिपक टिवडेवालले गुनासो गरे। ‘ग्रिनसिटीले प्रख्यात आर्दशनगर क्षेत्र पुरै डुबानमा छ, यहाँका पसल तथा घर घरमा पानी पसेका कारण विगत पाँच दिनदेखि जनजिवन प्रभावित बन्दै गएको छ,’ टिवडेवालले भने,‘अहिलेको अवस्थामा महानगरपालिका निस्कृय छ, आर्दशनगर क्षेत्र पुरै डुबानमा छ। तर, एउटा पनि महानगरका कर्मचारी सफाईमा देखिएका छैनन्।’नाला सरसफाई नहुँदा, जिल्ला प्रशासन कार्यालय, कर कार्यालय, रेल्वे मावि, श्री नेरा मावि श्रीपुर लगायत दर्जनौ सरकारी तथा निजी संस्था डुबानमा परेका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी कार्यालयबाट निस्कदा डुंगाको प्रयोग गरेका छन्। विपद् व्यवस्थापनका लागि खरीद गरिएको प्लाटिकको डुंगा प्रयोग गरेर प्रजिअ भट्टराई घण्टाघर चौकसम्म पुगेका थिए।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1425681
Today
Yesterday
This Week
Last Week
This Month
All days
126
125
1040
1417765
4180
1425681

Your IP: 3.23.92.71
2024-11-14 16:13

Facebook Live Feed