श्रावण ५बारा -बारा प्रहरीले प्रसौनी गाउँपालिकामा अबैध रुपमा सञ्चालीत मदिरा भट्टी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले गाउँपालिकाको वडा नम्बर १ २ र ४ स्थित खोला किनार र जंगलमा अबैध रुपमा सञ्चालन गरिएका सात वटा भट्टी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानिय जनप्रतिनिधीको रोहबरमा उक्त भट्टी नष्ट गरिएको जिल्लाका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक रञ्जितसिंह राठोरले जानकारी दिए । भट्टीसँगै मदिरा बनाउन प्रयोग हुने पाँच हजार लिटर कच्चा पदार्थ र एक सय लिटर तयारी मदिरा समेत नष्ट गरिएको प्रहरीले बताएको छ ।