news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, १७  भदौ । चार वर्षअघि मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना र अहिले क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत वीरगंज महानगरमा निर्माण गरिएका नालाहरूको सरसफाइ हुन सकेको छैन ।

मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत वीरगंजमा ४७ किलोमिटरको हाराहारीमा नाला निर्माण भएको थियो । सो नालाको अहिलेसम्म पनि सफाइ हुन सकेको छैन । नाला सफा नगरिएको तथा सो आयोजनाले निर्माण गरेको सडकमा नपाले सफाइको नाममा झाडू पनि प्रयोगमा ल्याएको छैन ।

आयोजनाले निर्माण गरेका भूमिगत नालाहरूको सरसफाइमा प्रयोग हुने मेशिनको खरीदमा पनि मनपा उदासीन छ । भूमिगत नाला सफाइको लागि महानगरले जेट र सक्शन मेशिन खरीद गरेको हो । तर मनपाको क्षेत्रफलको आधारमा सो मेशिन पर्याप्त नभएको जानकारहरू बताउँछन् ।

महानगरले ल्याएको जेट र सक्शन मेशिन ४ देखि ६ हजार लिटर पानी सञ्चय गर्ने क्षमताका छन् । तर मनपालाई अहिले १० देखि १६ हजार पानी सञ्चय गर्ने जेट तथा सक्शन मेशिन आवश्यक छ । यही कारण हो मनपाले आयोजनाको काम भएको यत्रो अवधिमा यो मेशिनको प्रयोग गर्न सकेको छैन । केही ठाउँमा परीक्षण गरिए पनि मेशिन सफल नभएको थाहा हुन आएको छ । हालै मनपाले बसपार्कदेखि नेशनल मेडिकल कलेज जाने सडकमा रहेको नालाको सरसफाइमा जेट र सक्शन मेशिन प्रयोग गरेको थियो । तर कम क्षमता भएको र फोहर चरम अवस्थामा रहेको कारण नालाको सफाइ प्रभावित भएको हो ।

मनपासँग रहेका जेट तथा सक्शन मेशिनले सो क्षेत्रको नाला सफाइ गर्न सकेन । नालामा रहेका फोहरलाई कटिङ गर्ने तथा हावा र पानीको माध्यमबाट नाला जामलाई खुलाउने काम जेट र सक्शन मेशिनबाट गरिन्छ । वीरगंजमा निर्मित नालामा मानिस पसेर सरसफाइ गर्न सक्ने अवस्था छैन ।

किनभने जुन संरचनामा बनाइएको छ, त्यसबाट मानिस भूमिगत नालामा प्रवेश गर्दा आक्सिजनको चरम अभाव हुन्छ । अहिले जेट र सक्शन मेशिन प्रयोगको लागि भूमिगत नालाको ढक्कन रहेका स्थानमा मात्र मानिस प्रवेश गर्न सक्छ । त्यसपछिको सफाइको काम मेशिनबाट गराउनुपर्छ । चार वर्षसम्म नालाको सफाइ नगरी जाम भएपछि जेट तथा सक्शन मेशिनको प्रयोग सफल नभएको र आकाशे पानी पर्दा पानीले निकास नपाएपछि शहरका केही स्थान डुबानमा परेका थिए ।

अहिले वीरगंजमा क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत करीब २२ किलोमिटर थप नालाको निर्माण भइरहेको छ । यो नालालाई पनि जेट र सक्शन मेशिनबाटै सफाइ गर्नुपर्ने हुन्छ । तर मनपासँग नाला सफाइ गर्ने क्षमतावान् जेट र सक्शन मेशिन छैन ।

२ वर्षमा हुने काम ५ वर्षमा सकिंदै

मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गतको काम अहिले बल्ल आएर लगभग सकिएको छ ।
२ वर्षमा सकिनुपर्ने योजनाको काम ५ वर्ष बित्न लाग्दा अहिले ९९.५ प्रतिशत काम सम्पन्न भएको छ । अर्थात् ०.५ प्रतिशत अभैm बाँकी छ । प्राविधिकरूपमा यसलाई शतप्रतिशत मान्न सकिन्छ ।

मनपाले आयोजनाको काम सम्पन्न गर्ने कुरामा संवेदनशीलता नदेखाएको कारण ढिलाइ भएको हो । मेयरमा निर्वाचित भएपछि विजयकुमार सरावगीले एडिबीबाट खटेका लापर्बाही गर्ने ठेकेदारलाई कारबाई गर्ने चेतावनी दिएका थिए तर अहिले उनको भनाइमा परिवर्तन आइसकेको छ । आपूmले प्राविधिक कुरा नबुझेर त्यतिखेर प्रतिक्रिया दिएको उनले यसअघि बताइसकेका छन् ।

यसैगरी, क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत सञ्चालित योजनाको भने ३५ प्रतिशत काम सकिएको छ । २ वर्ष कार्यवधि रहेको यो योजनाको काम ६ महीनाअघि शुरू भएको र आगामी डेढ वर्षमा पूरा गर्नुपर्ने हुन्छ । कार्यक्रमका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले पहिलो आयोजनाको काम विभिन्न कारणवश ढिला हुन गएको भएपनि हाल सञ्चालित क्षेत्रीय शहरी विकास कार्यक्रमको काम कुनै अवरोध खडा नभएको खण्डमा निर्धारित समयमा पूरा हुने बताए ।

ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्शनका प्रबन्ध व्यवस्थापक ठाकुर ढकालले कन्स्ट्रक्शनको कारण पहिलो चरणको काम ढिला नभएको र दोस्रो चरणको काम पनि ढिला नहुने बताए । उनले पहिलो चरणमा मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, ढुङ्गा, गिट्टी, बालुवाको समस्या र कार्यक्षेत्रको व्यवस्था नगर्दा ढिला हुन गएको बताए । अहिले निर्धारित समयमा काम शुरू भएको र सम्पन्न पनि हुने दाबी गरे । prateekdaily.comबाट yatradaily

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1428915
Today
Yesterday
This Week
Last Week
This Month
All days
64
2684
4274
1417765
7414
1428915

Your IP: 3.145.173.6
2024-11-16 10:58

Facebook Live Feed