news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

६ कात्तिक, काठमाडौं । बम विस्फोटका घाइतेहरूलाई जीउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलम दुईदशक पहिले पनि अपहरण र ज्यान मार्ने उद्योगमा संलग्न भएका थिए ।

बहालवाला मन्त्री भएका बेलामा जिल्ला विकास समिति (जिविस) रौतहटका सदस्य जयप्रकाश कौसललाई अपहरण र हत्याको प्रयास गरेको पुष्टि भएपछि उनी पदबाट बरखास्त भएका थिए ।

रौतहट, इलाका नम्बर-८ का जिविस सदस्य कौसल ०५६ चैत २७ गते जिल्ला प्रशासन कार्यालय अगाडिबाट दिन दहाडै अपहरणमा परेका थिए । १५/२० जनाको समूहमा आएका हतियारधारीले अपहरण गरेर उनलाई आलमका काकाको राजपुरस्थित घरमा लगेर बन्धक बनाएका थिए ।

‘त्यो घरमा मलाई झुण्ड्याएर बेहोस् हुने गरी कुटे’ कौसलले अनलाइनखबरसँग भने, ‘प्रहरीले राति राजापुर गाउँ पुरै घेरा हालेर मलाई अपहरण मुक्त बनाए र मेरो ज्यान जोगियो ।’

आफ्नो पार्टीबाट जिविस सदस्य बनेका कौसल अपहरणमा परेपछि तत्कालीन नेकपा (एमाले)ले संसदमा हंगामा मच्चाएको थियो । यो विषयमा संसदमा कुर्सी हानाहान समेत भएको थियो । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले संसदमा आलमलाई कारवाही नभए आफू रौतहट जानै नसक्ने बताएका थिए ।

www.onlinekhabar.com

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1429683
Today
Yesterday
This Week
Last Week
This Month
All days
127
563
690
1419641
8182
1429683

Your IP: 18.117.166.215
2024-11-18 17:31

Facebook Live Feed