९ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा तन्नामा बेरेर फालिएको अवस्थामा शव अग्नि नियन्त्रकको शव भेटिएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी बुनिलाल चौरसियाको शव नगवा पोखरीको डिलमा भेटिएको हो ।
वीरगञ्ज महानगरपालिका-१६ का चौरसिया महानगरकै अग्नि नियन्त्रण महाशाखामा कार्यरत थिए । बिहीबार घरबाट पैसा उठाउन भनी हिँडेका चौरसियाको मोबाइल सोही दिन साँझबाट नै अफ थियो ।नाक बाट रगत बगेको तथा भुँडीमा धारिलो हतियारले काटेको चोट छ । प्रहरी नायव उपरीक्षक गौतम थापाले घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको बताए । ‘तन्नामा बेरेर फालिएको अवस्थामा शव भेटिएको छ, मारेर फालेको पनि हुन सक्छ’ उनले भने, पोष्टमार्टमपछि यसै हो भन्न सकिन्छ ।’ शव पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।