वीरगंज, कार्तिक २३- वीरगंज बिकाश युवा संर्घष समितीले आज वीरंजमा सिटी जुलुश प्रर्दशन गरेको छ । संर्घष समितीका सदस्यका महमुद अंसारीको नेतृत्वमा सिटि जुलुृश प्रर्दशन भएको हो ।
घण्टाघरबाट शुरु भएको सिटि जुलुश नगर परिक्रमा गरि पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोध गर्दै वक्ताहरुले वीरगंजको मुख्य सडक २५/२५ मिटर नतोड्न भईरहेको षडयन्त्रबारे भण्डाफोर गरेका थिए । वक्ताहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको राजिनामाको माँग गर्दै मन्त्री महासेठको वीरगंज प्रवेशमा रोक लगाउने चेतावनी पत्रकार समेलन गरेर दिएका थिए । कार्यक्रममा समितीका सदस्य विवेक कुमार साह , अकलेश साह, रंजित चौरसिया, बिशाल सर्राफ, मुन्ना तेली,मुन्ना मियाँ लगायतको सहभागिता रहेको समितीका सदस्य विवेक कुमार साहले जानकारी दिनुभयो । भने हाल नेपालकै नमुना सहर बुटवल सहरको प्रमुख रोड चौडा गरि नमुना सहर बनेको छ । बिरगंज सहरमा बढदो बजार सवारी साधनको भिरले पैदल आवत जावत र जामका कारण स्थानीयहरु सास्ती भोगिरहेका छन् ।