वीरगन्ज २४ कात्र्तिक - सघीय सभाका सांसद एवम समाजवादी पार्टीका नेता प्रदिप यादवले महमद डे को उपलक्ष्यमा समस्त मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना आदन प्रदान गर्नुभएको छ ।
एजस्ने ईद मिलादुन नबि (Mohammad Day) एवं इस्लाम धर्मको अन्तिम सन्देशकर्ता मोहम्मद सल्ललाहु अलैहे वसलम को जन्मदिनको उपलक्ष्य आयोजित उत्सवमा सांसद यादवको सक्रिय सहभागीता रहेको थियो ।प्रत्येक बर्षझै यस बर्षपनि महमद डेको उपलक्ष्यमा वीरगन्जका मुस्लीम धर्मवालम्बीहरुले निकालेको जुलुसमा सांसद प्रदिप यादवको साक्रिय सहभागीता रहेको थियो ।महमद डेको उपलक्ष्यमा उहाले समस्त मुस्लीम धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गर्दै हार्दिक बधाइ समेत व्यक्त गर्नुभयो । महमद डे मनाउन बिरगंज शहर परिक्रमा गरि घण्टाघर आइ समापन गरेका थिए /