सिमरा माघ २ : वीरगन्ज पथलैया ब्यापारीक मार्ग अन्तर्गत बाराको सिमरास्थित सुर्य नेपाल अगाडी ग्यास बुलेट लिक हुँदा सवारी आवागमन रोकिएको छ ।
भारतबाट ग्यास बोकेर आएको बुलेट लिक भएपछी आवागमन रोकिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गावीन्द पुरीले जानकारी दिए ।
बुलेटबाट ठुलो परिमाणमा लिक भैरहेको ग्यासलाई प्राविधिकको सहयोगमा रोक्ने काम भैरहेको उनले बताए ।
‘बिभिन्न ग्यास कम्पनीका प्रबिधिकको सहयोगमा नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।’ पुरीले बारा खबरसँग भने, ‘आसपासका क्षेत्रमा सुरक्षा संवेदनशिलता बढेकाले आवश्यक मात्रामा सुरक्षाकर्मी तैनाथ गरि सबैलाई सजग रहन भनेका छौँ ।’
barkhari.com