बीरगंज २० चैत्र। हाल चलेको कोरोना भाइरस महामारीका कारण बिस्वनै जोखिममा रहेका कारण यस लाइ मध्य नजर राख्दै एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल द्वारा आज बीरगंज महानगरपालिका बड़ा न.१४ पिपरामा पन्द्र सय जनालाई माक्स र साबुन बितरण गरिएको छ । करोना महामारी रोकनको लागी सामग्री संगै आम नागरिक लाई सचेत रहनको लागी सजक गराइएको थियो।
एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटलका प्रबन्ध निर्देशक रामप्रबेश प्रसाद पटेलको सक्रियतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी,बड़ा अध्यक्ष भरत राउत कुर्मी,युवा उधोगी रामअसीस पटेल,रामबाबु प्रसाद, अधिवक्ता रामेश्वर प्राद साह,स्थानीय अगुवाहरु कृष्ण प्रसाद कुर्मी, संजय साह,पुरषोतम पटेल,शिवशंकर आर्य,बिशेसस्वर पटेल,राजपाका युवानेता बिष्णु पटेल सहित अस्पतालका कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो। बिभिन्न समयमा अस्पतालले सामाजिक कार्य गर्दै आएको पटेलले जानकारी गराउनु भएको छ ।