news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज २३ चैत्र ।
आइतबार साँझको आँधीबेहेरीले विनाशलीला मच्चाएको बाराको फेटा गाउँपालिकाका पुरनिया, भलबरिया लगायतका गाउँमा अचेल राहत बाडनेहरुको भन्दा पनि ‘रमिता’ हेर्न जानेहरुको भिडभाड बढेको छ ।
भीआईपीको आवागमन चलिरहेका बेला उनीहरुको पछि पछि लागेर आउने रमितेहरुले राहत वितरणमा समेत प्रभाव पारेका छन् । सोमवार विहानदेखि चलेको यो रमिता हेर्नेहरुको भिड आज सनिबार सम्म आईपुग्दा दोब्बर बढेको छ ।


आँधीप्रभावित क्षेत्रमा अहिले मोबाइलबाट फोटो र भिडियो खिच्ने रमितेहरुको संख्या हृवात्तै बढेको छ । भिडभाड हेर्दा मेला लागे जस्तो देखिन्छ वाराको फेटामा । वीरगन्जबाट नजिकै र सडक सन्जालभित्र पर्ने क्षेत्र भएकाले पनि यहाँ राहत र उद्दारकर्मी भन्दा पनि रमित हेर्न आउनेको भीड देखिन्छ ।
सुरक्षाकर्मीले घरका भग्नावशेषहरु पन्छाइरहँदा रमितेहरु छेउमा उभिएर मोबाइलले तस्विर र भिडियो खिचिरहेका हुन्छन् । पीडितहरुको रुवाबासी चलिरहेको छ, रमितेहरु छेउमै गएर मोबाइलमा तस्वीर तथा भिडियो खिच्न तछाडमछाड गरिरहेका हुन्छन । रमितेको भीडभाड हुनु नराम्रो होइन तर पीडितलाई गाँसबासको व्यवस्था गर्ने स्वयंसेवक भन्दा रमितेको भिड लाग्दा राहत र पुनस्थापनामा समस्या थपिएको स्वयं सुरक्षाकर्मीहरु बताउछन ।
आँधीबेहेरी प्रभावित गाउँमा अनावश्यक भिडभाड गर्ने भन्दा पनि पीडितको लिस्ट बनाएर उनीहरुका लागि गएको राहतको व्यवस्थित वितरण तथा पुनस्र्थापनाका लागि राज्य तथा सामाजिक संघ संस्था, समाजसेवी, युवा विद्यार्थी जुटनु पर्ने आवश्यकता रहेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1436626
Today
Yesterday
This Week
Last Week
This Month
All days
45
1009
1469
1427434
1469
1436626

Your IP: 3.138.60.29
2024-12-05 02:01

Facebook Live Feed