६ कात्तिक, वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको मुख्य सडक विस्तारको काम कात्तिक २४ गतेसम्मका लागि टरेको छ । छठ पर्वपछिदेखि सडक विस्तार गर्ने तयारी सडक विभागले गरेपनि सर्वोच्च अदालतका कारण ढिलाई हुने भएको हो ।
लक्ष्मण साह रौनियार समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारकोविरुद्ध दायर गरेको मुद्धामा सर्वोच्च अदालतका न्यायाधिश कुमार रेग्मीले बहस सुनेर असोज ८ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेका थिए । अल्पकालिन अन्तरिम आदेशमा अन्तरिम आदेशका लागि दुबै पक्षलाई बोलाएर छलफल गर्नुपर्ने भएकोले कात्तिक ४ गते पेशी तोकिएको थियो । तर कात्तिक ४ गतेको पेशी २४ गतेका लागि सारेको हो ।
onlinekhabar