news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

श्रावण ५बारा -बारा प्रहरीले प्रसौनी गाउँपालिकामा अबैध रुपमा सञ्चालीत मदिरा भट्टी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले गाउँपालिकाको वडा नम्बर १ २ र ४ स्थित खोला किनार र जंगलमा अबैध रुपमा सञ्चालन गरिएका सात वटा भट्टी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

१ साउन, वीरगञ्ज । साउन १ गतेदेखि वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापनको काम निजी संस्थाले गर्न शुरु गरेको छ । संस्थाले आजैदेखि वीरगञ्ज महानगरपालिकाको सरसफाइ महाशाखाका कर्मचारीहरुसँग मिलेर काम शुरु गरेको छ ।

सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत आर्थिक वर्ष ०७६/७७ देखि नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मा पृथ्वीतारा/एनके इन्टरनेशल जेभीले लिएको हो ।

वीरगञ्ज महानगरपालिकाका सरसफाइ महाशाखा प्रमुख राज ताम्राकारले एकैपटक संस्थालाई जिम्मा दिँदा अप्ठेरो स्थिति आउन सक्ने भएकोले सहकार्यमा काम शुरु गरिएको बताए ।

‘अहिले हामीले नै सहयोग गरिरहेका छौं । उनीहरुले १६ वटा वडामा सुपरभाईजर राखिसकेका छन् ,’ उनले भने, ‘एक साताजति पुरानै हिसाबले काम चल्ने त्यसपछि संस्थाले आफ्नो हिसाबले काम गर्ने कुरा छ ।’

वीरगञ्ज महानगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०७५ ल्याएको छ । ऐनमा जथाभावी फोहोर फाल्ने लगायत विभिन्न कसुरमा कसुर अनुसार ५ सय देखि १ लाखसम्म जरीवानाको व्यवस्था गरिएको छ । तर, ऐनको प्रभावकारी कार्यान्वयन गराउन महानगरले सकेको छैन ।

त्यसले गर्दा सरसफाइका लागि निजी क्षेत्रको जिम्मा दिइएको छ । निजी संस्थाको मातहतमा नगरपालिकाको सरसफाई शाखाका कर्मचारीसमेत रहने गरी महानगरपालिकाले सँस्थासँग सम्झौता गरेको छ ।

 

वीरगञ्ज, साउन १ गते । हरेक वर्ष प्राकृतिक विपदाको रुपमा बाढीले प्रभाव पार्ने क्षेत्रहरुको पहिचान गरि त्यसको दीर्घकालीन रुपमा समस्याको सामाधान गर्न पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले विशेष पहल थालेका छन् ।

वीरगन्ज, ३० असार । बाढीपीडितहरुको सहयोगका लागि आफ्नो एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने घोषणा प्रतिनिधिसभाका सदस्य प्रदीप यादवले गरेका छन् ।

बाढी पीडितहरुलाई चाहिने सहयोगमा अझ थप सहयोग प्रदान होस् भन्ने इच्छाका साथ पिडितहरुको राहत स्वरुप आफ्नो एक महिनाको तलब पर्सा जिल्ला विपद्ध व्यवस्थापन समितिको राहत कोषमा जम्मा गर्ने घोषणा सांसद यादवले गरेका छन् ।

वीरगन्ज ३१ असार । वीरगन्जको रामगढवामा रहेको एसिययन डिष्टिलरी उद्योगमा कार्यरत कर्मचारी र मजदुर आन्दोलित भएका छन । उद्योग व्यवस्थापनले कार्यरत मजदुर र कर्मचारीको संख्या कटौती गरेको भन्दै त्यसैको विरोधमा कर्मचारी मजदुरहरु आन्दोलन गरेका छन ।

नरेश सर्राफ 

वीरगन्ज असाढ ३० : वीरगन्ज महानगरपालिकाविरुद्ध आर्दशनगरका व्यापारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। पाँच दिनदेखि परेको अविरल पर्साले आर्दशनगर क्षेत्र पूरै डुबानमा परी करोडौंको क्षति भएको भन्दै व्यापारीहरूले त्यसको क्षतिपुर्ति महानगरपालिकाले नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499527
Today
Yesterday
This Week
Last Week
This Month
All days
567
2452
4811
1486006
13001
1499527

Your IP: 3.144.130.238
2025-04-18 19:37

Facebook Live Feed